काठमाडौं – होटल एशोसिएन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटलहरुमा खर्बौँ लगानी भए पनि उपयोग हुन नसकेको बताए। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै अध्यक्ष शाहले होटल क्षमताको पूर्ण उपयोग हुने गरी सांसदहरूले नीति बनाइदिन अनुरोध गरे।
उनले पर्यटन, होटल नीति कर्मचारी केन्द्रित भएको भन्दै व्यवसायीहरूलाई समस्या हुने गरेको सुनाए। ‘पर्यटकहरूको खर्च मिनिमम एक सय डलर र कम्तीमा २ हप्ता बसाई हुनुपर्छ। त्यही अनुसार राज्यले नीति बनाउनुपर्याे,’ शाहले भने। उनले नेपाल टुरिजम बोर्डलाई प्राधिकरणको रूपमा लैजानुपर्ने बताए।





About Us
प्रतिक्रिया