बैंकिङ्ग समाचार, काठमाडौँ ।
आगामी साता हुने राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले सेयर धितो कर्जामा कायम एकल ग्राहक कर्जा सीमा पुनरावलोकन तथा हेरफेर गर्ने सम्भावना रहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।
स्रोतका अनुसार, ‘अहिलेसम्म गभर्नर महाप्रसाद अधिकारीले नै यो कर्जामा अडान लिइरहेका हुन्। तर, बजारमा धेरै दबाव बढिरहेको छ । सायत अर्थसचिव पनि राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । सायद नयाँ अर्थसचिवले पनि यस्को सिमामा पुनारवलोकन गर्ने पक्षमा रहेको देखिन्छ ।’
लगातार घटिरहेको शेयर बजार र तिब्र दाबाव सिर्जना भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि सेयर धितोमा एकल ग्राहक कर्जा सीमा कम्तीमा २० करोड बनाउनुपर्ने बताएका थिए। धेरैजसो गभर्नर र अर्थमन्त्रीबीच भेटवार्ता हुँदा गभर्नर अधिकारीले पनि यो सीमा राख्ने विषयमा समेत सोच बनाएको बताइएको छ ।
राष्ट्र बैंकले २०७८/७९ को मौद्रिक नीतिमा सेयर धितोमा एकल ग्राहक कर्जा सीमाको व्यवस्था ल्याएको थियो। पहिलोपटक कुनै एउटै समूह वा एकाघर भित्रका सदस्यले एउटा बैंकबाट अधिकतम ४ करोड र समग्र बैंकिङ प्रणालीबाट १२ करोडसम्म सेयर धितोमा कर्जा लिन सक्ने व्यवस्था गरेको थियो।
तर, आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमै राष्ट्र बैंक एक कदमपछि हट्दै ४ करोडको सीमा नै हटायो र १२ करोडको सीमा मात्र कायम राख्यो। यही कारण कम रकमको सेयर धितो कर्जा जाने क्रम बढ्यो भने धेरै रकमको सेयर धितो कर्जा जान कम भयो। यसले आम लगानीकर्तालाई सहज र फाइदा पुग्यो ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७७र७८ मा एक करोड माथि रकमको कर्जा लिनेले ७३ अर्ब ५३ करोड ५० लाख र एक करोडभन्दा कम रकमको कर्जा लिनेले ३२ अर्ब ७४ करोड कर्जा लिएको देखिन्छ । यस्तै आर्थिक वर्ष २०७८र७९ मा भने एक करोड माथिको यस्तो कर्जा ४६ अर्ब ५७ करोडमा सीमित भयो। त्यस्तै, एक करोडभन्दा कम रकमको कर्जा ३३ अर्ब ९३ करोड रूपैयाँ पुग्यो।






About Us
प्रतिक्रिया