पक्राउ परेको १५ दिनमै छुटे प्रभु बैंकका पूर्व अध्यक्ष भट्टचन


काठमाडौं – प्रभु बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन रिहा भएका छन्। सरकारी वकिल कार्यालयले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएसँगै उनी रिहा भएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार भट्टचनकाे स्वास्थ्यमा समस्या देखिएकाले उपचार गराउन तारिकमा छाड्न सरकारी वकिल कार्यालयको आदेश दिएको हो।

उनलाई बाहिरै राखेर अनुसन्धान अघि बढाइने भएको सीआईबीले बताएको छ। उनलाई गत ११ गते सीआईबीले ललितपुरबाट पक्राउ गरेको थियो।