काठमाडौं – प्रभु मनि ट्रान्सफर र अन्य सहायक कम्पनीहरूमाथि छानबिनका क्रममा प्रभु बैंक समेत तानिएको छ । रेमिट्यान्सको रकम वितरण प्रक्रिया र वितरणपछिको भुक्तानी बक्यौताको विवाद बढ्दै जाँदा बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेर अनुसन्धानका लागि हिरासतमा छन् । यही क्रममा प्रभु बैंक समेत केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानको घेरामा तानिएको हो ।
विगतदेखि नै सीआईबीमा प्रभु बैंकविरुद्ध विभिन्न नामका उजुरीको चाङ थियो । तर, सत्ताको आडमा प्रभु बैंक अनुसन्धानको घेराभन्दा बाहिर रहँदै आइरहेको थियो । यही क्रममा जेनजी आन्दोलनपछि गठन सरकार र यस नेतृत्वको प्रहरी संघगठनले विनाकुनै राजनीतिक दबाबमा काम गर्न पाएसँगै पुराना फाइल खोल्ने क्रम जारी छ ।
सीआईबीले भट्टचन पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सो क्रममा प्रभु बैंकसँग सम्बन्धित कागजात समेत आवश्यक पर्ने देखिएको र अन्य कागजात आवश्यक परेकाले गत शुक्रबार केन्द्रीय कार्यालयमा छापा मारेको थियो । बैंकमा सीआईबीको टोलीसँगै नेपाल राष्ट्र बैंकको टोली समेत थियो । सीआईबीका प्रमुख मनोज केसीकाअनुसार नेपाल राष्ट्र बैंकको सहकार्यमा बैंकको केन्द्रीय कार्यालयमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिइएका छन् ।
विगतदेखि नै सीआईबीमा प्रभु बैंकविरुद्ध विभिन्न नामका उजुरीको चाङ थियो । तर, सत्ताको आडमा प्रभु बैंक अनुसन्धानको घेराभन्दा बाहिर रहँदै आइरहेको थियो । यही क्रममा जेनजी आन्दोलनपछि गठन सरकार र यस नेतृत्वको प्रहरी संघगठनले विनाकुनै राजनीतिक दबाबमा काम गर्न पाएसँगै पुराना फाइल खोल्ने क्रम जारी छ ।
सो क्रममा दुई दर्जन भन्दा बढी शन्कापस्द डकुमेन्टहरू रहेको सीआईबीले बताएको छ । सीआईबीले शुक्रबार दिउँसो साढे २ बजेदेखि राति साढे १० बजेसम्म बैंकको केन्द्रीय कार्यालयमा खानतलासी गरेको थियो । सीआईबीका एसपी निरञ्जन भट्टको नेतृत्वमा गएको प्रहरीको टोलीले बैंकको केन्द्रीय कार्यालयमा करिब आठ घण्टा लामो खानतलासी गरेको हो ।
खानतलासीका क्रममा टोलीले प्रभु यूएस र प्रभु बैंकबीच भएको रेमिट्यान्स सम्झौता, बैंक ग्यारेन्टीसम्बन्धी कागजात र प्रभु म्यानेजमेन्टका कागजात नियन्त्रणमा लिएको छ । यसबाहेक, प्रभु हाउजिङका कर्जा फाइलहरू, साथै बैंकको आन्तरिक सञ्चार अभिलेख र इलेक्ट्रोनिक डेटा नियन्त्रणमा लिएको सीआईबी स्रोतले जनाएको छ ।
नियन्त्रणमा लिइएका फाइलहरूमा प्रभु बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन, प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र प्रभु समूह अन्तर्गतका अन्य कम्पनीहरूबीच भएका वित्तीय कारोबारका विस्तृत विवरणहरू समावेश रहेका छन् । केसीले भने, ‘बैंकबाट ल्याइएको डकुमेन्टहरू अनुसन्धान भइरहेको छ, शंकास्पद फाइलहरु लाएर अनुसन्धान गर्दै छौँ ।’ यस केसमा बाँकी अनुसन्धान निरन्तर भइरहेको उनी बताउँछन् ।
सीआइबीले प्रभु ग्रुप तथा प्रभु बैंकका पूर्व अध्यक्ष समेत रहेका भट्टचनविरुद्धको अनुसन्धान क्रममा प्रभु बैंकमा प्रभु म्यानेजमेन्ट तथा मनि ट्रान्सफरसँग सम्बन्धित रहेका डकुमेन्टहरू माथि अनुसन्धान गर्न छापा मारिएको थियो । प्रभु म्यानेजमेन्ट तथा मनि ट्रान्सफरसँग सम्बन्धित रहेका डकुमेन्टहरुमा सीईओ अशोक शेरचनले गैर कानुनी तरीकाबाट रकम पठाएको तथा विना धितो कर्जा प्रवाह गरेको आशंकामा सीआईबीले छापा मारेको हो ।
शेरचनविरुद्ध गत वर्षको चैत १ मा दर्ता बैंकिङ्ग कसुरको उजुरी परेको थियो । २०८१ भदौ ५ गते ७२७ नम्बरमा पनि उनी विरुद्ध उजुरी दर्ता भएको थियो । उक्त उजुरी सेन्चुरी बैंकको रकम हिनामिनामा मिलेमत्तो रहेको आरोप लागेको थियो । साथै, उनीविरुद्ध एउटै कम्पनीमा २ कार्यकालभन्दा बढी सीईओ बनेको विषयमा समेत उजुरी परेको थियो । तर, त्यस उजुरीमा शेरचनविरुद्ध उच्च अदालत पाटनमा यस विषयमा समेत मुद्दा परेको थियो, तर अदालतले मर्जरमा जानुअघिको सीइओ भएकाले गर्दा आदेश दिनु नपर्ने आदेश दिएको थियो ।
शेरचन नेपाल बंगलादेश बैंक, प्रभु फाइनान्स र प्रभु विकास बैंक हुँदै प्रभु बैंकको सीईओ बनेका थिए । २६ पुसबाट सेञ्चुरी बैंक प्राप्ति गरेर प्रभुले एकीकृत कारोबार थालेको थियो । त्यस पछि उनी प्रभु बैंकमा सीइओको रूपमा पुनः काम शुरु गरेका थिए । एउटा बैंकमा २ कार्यकालभन्दा बढी सीईओ हुन नपाउने व्यवस्था भए पनि मर्जरमा गएको भन्दै उनी पुन प्रभु बैंकको सीइओ बने । प्रभु ग्रुपका अध्यक्ष देवीका प्रिय पात्रका रूपमा रहेकाले गर्दा उनी एउटा बैंकमा २ कार्यकालभन्दा बढी समय सीईओ बनेर काम गरी रहेका छन् ।
‘एउटै बैंकमा एक जना व्यक्तिलाई नै सिइओ बनाइराख्नु बैंक भित्रका अनियमिततालाई ढाक छोप गर्नु खोज्नु हो,’ सीआईबी स्रोतले भन्यो । उनी प्रभु फाइनान्सका रूपमा २०६४ सालदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । २०६२ सालमा प्रभु फाइनान्सका रूपमा दर्ता भएको यो संस्था यसबीचमा संस्थाहरूलाई गाभ्दै बैंकका रूपमा स्थापित छ । यस संस्थाले २०७९ पुसमा सेञ्चुरी बैंकलाई मर्ज गरेको थियो । यही मर्जरको भरमा शेरचनले तेस्रो कार्यकाल खाइरहेको छन् । शेरचन प्रभु फाइनान्स प्रभु बैंक बनेयता निरन्तर सीईओको भूमिकामा छन् ।
उनी प्रभु बैंकको लगातार रूपमा सिइओ बन्नुको एक मात्र कारण भट्टचनका प्रिय पात्र हुनु हो । देवीविरुद्ध पनि यस अघि नै उजुरी परेता पनि उनी एमाले सांसदका साथै, पूर्व प्रधानमन्त्रीका प्रिय पात्र समेत रहेकाले गर्दा उनीविरुद्ध उजुरी पर्दा सुरुमा प्रहरीले उजुरी नै लिन मानेको थिएन । त्यसैले गर्दा सरकारी वकिल कार्यालयले नै उजुरीले जाहेरी दिन आदेश दिएको थियो । साथै, उनीविरुद्ध यसअघि अनुसन्धान हुन सकेको थिएन ।






About Us
प्रतिक्रिया