काठमाडौं – पूर्व अध्यक्ष देवी प्रकाश भट्टचनविरुद्ध भइरहेको छानबिनका क्रममा नयाँ तथ्य भेट्टाउने लक्ष्यसहित केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको संयुक्त टोली प्रभु बैंकको केन्द्रिय कार्यालयमा गत शुक्रबार छापा मारेको छ । थप प्रमाण जुटाउने र आवश्यक कागजात जुटाउने लक्ष्यसहित नेपाल राष्ट्र बैंकको सहकार्यमा सीआईबीले प्रभु बैंकमा छापा मारेको थियो ।
यससँगै, चौतर्फीरुपमा सीईओ अशाेक शेरचन समेत पक्राउ पर्न सक्ने अड्कलबाजी गरिरहेका छन् । यसअघि सीईओ शेरचनविरुद्ध समेत सीआईबीमा उजुरी परेको र प्रहरीले छानबिन प्रक्रिया अघि बढाउन खोजिरहेको समयमा सीईओ पक्राउ पर्न सक्ने अड्कलबाजी गरिरहेका हुन् ।
तर, सीआईबीले भने तत्कालका लागि सीईओ शेरचन पक्राउ नपर्ने बताएको छ । सीआईबी प्रमुख डा. मनोज केसीका अनुसार छापा मारेर बैंकबाट महत्त्वपूर्ण कागजात र प्रमाणहरू संकलन गरिएको छ । अहिलेलाई सीआईबलाई चाहिने आवश्यक कागजात प्राप्त भइसकेपनि तत्काल सीईओ शेरचनलाई हिरासतमा नलिने केसीले बैंकिङ्ग समाचारलाई बताए ।
डा. केसीका अनुसार सीईओ अशोक शेरचनविरुद्ध हालसम्म कुनै पक्राउ पुर्जी जारी भइसकेको छैन । अनुसन्धानमा पक्राउ पुर्जी आएमा मात्र व्यक्तिलाई नियन्त्रणमा लिइने भएकाले अनुसन्धानका क्रममा शेरचनको आवश्यक्ता देखिएको छैन । यद्यपी, पक्राउको विषयलाई उनले पूर्णरुपमा अस्वीकार भने गरेनन् । हालसम्म सीआईबीले आफ्नो अनुसन्धानलाई भट्टचनविरुद्ध मात्रै केन्द्रीत गरेको छ । खासगरी, प्रभु म्यानेजमेन्ट र प्रभु मनिट्रान्सफरसँग सम्बन्धीत रहेर मात्रै अनुसन्धान भइरहेको छ ।
यहीकारण, हालसम्म शेरचनमाथि अनुसन्धान सुरु नभएको सीआईबीले जनाएको छ । तर, प्रभु बैंकबाट लगिएको कागजातपछि भने शेरचन अनुसन्धानमा तानिन सक्ने सम्भावना रहेको सीआईबीले जनाएको छ ।






About Us
प्रतिक्रिया