काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । संस्थाको कात्तिक २१ गते बसेको सञ्चालक समितिको ४७७ औँ बैठकले सो ऋणपत्र जारी गर्ने निर्णय गरेको हो ।
संस्थाले सुरक्षण नराखिएको सहायक आवधिक ऋणपत्र ८ प्रतिशत ब्याजदर कायम गरी ऋणपत्र जारीको निर्णय गरेको संस्थाले जानकारी दिएको छ ।
सो ऋणपत्र नेपाल राष्ट्र बैंक र नेपाल धितो पत्र बोर्ड (सेवोन) बाट स्वीकृति प्राप्त भएपछि मात्र जारी गर्ने निर्णय गरेको छ ।



About Us
प्रतिक्रिया