प्रभु बैंकमा राष्ट्र बैंक र सीआईबीको संयुक्त छापा, शंकास्पद फाइलहरुमाथि अनुसन्धान हुँदै


काठमाडौं – नेपाल राष्ट्र बैंक र केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) को संयुक्त टोलीले शुक्रवार प्रभु बैंकमा शुक्रबार संयुक्त रूपमा छापा मारेको छ । बैंकबाट छापा मारी कागजात्र लिएको प्रहरी अतिरिक्त महानिरीक्षक डा.मनोज केसीले बैंकिङ्ग समाचारलाई बताए ।

केसीले भने,‘ बैंकबाट ल्याइएको डकुमेन्टहरु अनुसन्धान भइरहेको छ, शंकास्पद फाइलहरु लाएर अनुसन्धान गर्दैछौँ ।’ बाँकी अनुसन्धान पक्रिया भइरहेको उनले बताए । प्रभु ग्रुप तथा प्रभु बैंकका पूर्व अध्यक्ष समेत रहेका देवी भट्टचनविरुद्धको अनुसन्धान गर्न प्रभु बैंकमा छापा मारिएको सीआईबीले जनाएको छ । 

देवी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुर सम्बन्धी गम्भीर आरोप गत ११ गते मंगलबार पक्राउ परेका थिए । भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष लामाले नै जाहेरी दिएकी थिइन् ।