काठमाडौं – चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म प्रोग्रेसिभ फाइनान्स लिमिटेडको खुद नाफा ऋणात्मक देखिएको छ । आज प्रकाशित वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष पहिलो त्रैमासको तुलनामा चालू वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ऋणात्मक देखिएको हो ।
जबकि, कम्पनीले गत आर्थिक वर्षको यस अवधिसम्ममा ८ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यता, कम्पनीको नाफा ऋणात्मक हुँदा पनि खुद ब्याज आम्दानी भने सामान्य रकम बढेको छ ।
गत वर्ष कम्पनीले ५ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
साथै, यस वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) समेत ऋणात्मक रहेको छ । गत वर्ष कम्पनीको इपीएस ३८ रुपैयाँ १७ पैसा रहेकोमा यस वर्ष भने १८ रुपैयाँ ४३ पैसा ऋणात्मक रहेको छ । यता कम्पनीको नाफा घटेसँगै कर्मचारी खर्च समेत गत वर्षको तुलनामा करिब १ करोड रुपैयाँले घटेको छ।






About Us
प्रतिक्रिया