बेष्ट फाइनान्सको खुद नाफा ५ करोड ऋणात्मक


काठमाडौं – बेष्ट फाइनान्स लिमिटेडको खुद नाफा ५ करोड ४७ लाख रुपैयाँले ऋणात्मक देखिएको छ। कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको वित्तिय विवरण अनुसार कम्पनीको नाफा ऋणात्मक देखिएको हो ।

कम्पनीको गत आर्थिक वर्षको यस अवधिसम्ममा समेत खुद नाफा ८६ लाख ४१ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।कम्पनीको नाफा ऋणात्मक भएसँगै खुद ब्याज आम्दानी समेत घटेको छ ।

गत वर्ष ४ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस अवधिमा कम्पनीको आम्दानी १ करोड रुपैयाँले घटेर ३ करोड २२ लाख रुपैयाँ कायम भएको छ ।

यता कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) पनि २४ रुपैयाँ ५८ पैसाले ऋणात्मक छ। जबकी, कम्पनीको इपीएस गत वर्ष समेत ३ रुपैयाँ ८८ पैसाले ऋणात्मक थियो ।