आइसिएफसि फाइनान्सको नाफा खुम्चियो, गत वर्षको तुलनामा ४ करोड गिरावट


काठमाडौं – आइसिएफसि फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु वर्षको ३ महिनाको अवधिमा २ करोड भन्दा बढी नाफा कमाएको हो । 

कम्पनीले गत आर्थिक वर्षको यही अवधिमा ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ब्याज आम्दानी बढे पनि कर्मचारी खर्च बढ्दा कम्पनीको नाफा खुम्चिएको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५ करोड ९३ लाख रुपैयाँले बढेको छ । 

जबकि, गत वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४ करोड ३२ लाख रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी बढ्दा इपीएस ९प्रतिशेयर आम्दानी० भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको इपीएस ३ रुपैयाँ ९१ रुपैयाँले घटेर १ रुपैयाँ ९० पैसा कायम भएको छ ।