चार सय पचासमा अनलाइन जुत्ता खरिद गर्दा ६९ हजार ठगी 


काठमाडौं – अनलाइन खरिद–बिक्रीको बढ्दो ट्रेन्डबीच  कुसुम बिकले सचदेवा फेसन स्टोर नामक अनलाइन स्टोरबाट यहि कार्तिक ३ गते ४५० रूपैयाँ भुक्तानी गरी जुत्ता खरिद गरेका थिए। तर, उनले रकम भुक्तानी गरे प्रश्चात पनि सामान ग्राहकलाई डेलिभर गरिएको थिएन। 

त्यस्तै, उनले पटक–पटक सम्पर्क गर्दा पनि स्टोरबाट कुनै प्रतिक्रिया नआएपछि रकम फिर्ता मागेका थिए। तर, कार्तिक १७ गते सम्म सम्पर्कमा रहेको मोबाइल नम्बर ९७००५८६६८४ मार्फत एउटा ओटिपी कोड मागियो । त्यस प्रश्चात् बिकले उक्त कोड प्रदान गर्दा, उनको बैंक खाताबाट रकम ६९ हजार ५ सय रूपैयाँ अनधिकृत रूपमा अर्को खातामा गएको हो । 

त्यसपछि सो मोबाइल नम्बर सम्पर्कमा नआएको र स्टोरको उत्तर पाउन नसकिएको पिडितले जनाएका छन् ।