तिन दाजुभाईद्धारा तीन सरकारी विद्यालयमा छात्रवृति कोषको स्थापना

तिन दाजुभाईद्धारा तीन सरकारी विद्यालयमा छात्रवृति कोषको स्थापना


बैंकिङ्ग समाचार,काठमाडौं ।

तिन दाजुभाईद्धारा तीनवटा सरकारी विद्यालयमा छात्रवृति कोष स्थापना गरीएको छ । सिन्धुपाल्चोक स्थित पिपलडाँडाका तीन न्यौपाने दाजुभाईहरुले छात्रवृति कोष स्थापना गरेका हुन् । विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीको पठन पाठन राम्रो होस भन्ने उद्देश्यका साथ सो छात्रवृति कोषको स्थापना गरीएको हो । जिल्लाका तीनवटा सरकारी विद्यालयहरु सिद्धिकमला मा.वि पिपलडाँडा, दक्षिणकाली आ.वि पिपलडाँडा र श्री कृष्णरत्न गंगा मा.वि चौतारामा उक्त कोषको स्थापना गरिएको छ ।

पिलडाँडाका स्थानिय पुण्यप्रसाद न्यौपाने, नेत्रप्रसाद न्यौपाने र ईन्द्रप्रसाद न्यौपानेले सो कोषको स्थापना गरेका हुन् । उनिहरुले सिद्धि कमलादेवी मा.विमा बद्रीनाथ गंगादेवी स्मृति छात्रवृतिको लागि २ लाख ११ हजारको कोष स्थापना 
 समेत गरेका छन्। कोषको व्याजको रकमवाट विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीको पठन पाठनमा सघाईने विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सोम सापकोटाले बताए ।

त्यसै गरि तीनजना न्यौपाने दाजुभाईले जिल्लाकै जेठो विद्यालय श्री कृष्णरत्न गंगा मा.वि चौतारमा २०५५ सालदेखी नै वद्रिनाथ शर्मा स्मृति छात्रवृतिको लागि १ लाखको कोष स्थापना गरेका थिए। कोषको रकमलाई बैंकको मुद्दती खातामा राख्ने र व्याजको रकमवाट वार्षिक रुपमा विपन्न तथा जेहेन्दार विद्यर्थीहरुलाई छात्रावृति वितरण गरिदै आइरहेको छ।

त्यस्तै दक्षिणकाली आ.वि पिपलडाँडाको विद्यालयमा पनि १ लाखको छात्रावृति कोष स्थापना गरिएको छ। सो कोषको रकम पनि विपन्न तथा जेहेन्दार विद्यार्थीको पठन पाठनमा उपलव्ध गराउने गरिएको कोष संस्थापक पुण्यप्रसाद न्यौपानेले बताए ।  बुबा बद्रीनाथ र आमा गंगा देवी न्यौपानेका तीनै जना छोराहरु नेपाल सरकारका उच्च पदस्त अधिकारी समेत भईसकेका छन्।

पुण्य प्रसाद न्यौपानेले महिला बालबालिका मन्त्रालय र स्थानीय विकास मन्त्रालयको सचिव तथा नेपाल प्रशासनीक प्रशिक्षण प्रतिष्ठनका कार्यकारी निर्देशकको जिम्मेवारी पुरा गरिसकेका छन्। त्यस्तै नेत्रप्रसाद न्यौपानेले नेपाल सरकारका सहसचिव भई निवृतभरण भएका हुन्। उनले काभ्रे लगाएतको जिल्लामा प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी पुरा गरिसकेछन्। ईन्द्र प्रसाद न्यौपाने भने नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक भई हाल निवृत छन् ।