सामाजिक सुरक्षा कोषमा ९४ अर्ब


काठमाडौं – सामाजिक सुरक्षा कोषमा ९४ अर्ब नौ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । यसैगरी कोषले १७ अर्ब २९ करोड ३० लाख रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।

कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।

कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम दुई अर्ब ४२ करोड ५० लाख रहेको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम २२ करोड ३१ लाख, आश्रित परिवार सुरक्षा दावी रकम २८ करोड ३५ लाख र अवकाश दावी रकम १४ अर्ब ३६ करोड १२ लाख रुपैयाँ रहेको छ ।