काठमाडौं – सरक्षित वन्यजन्तु भालुको पित जस्तो देखिने आखेटोपहारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र बस्ने २५ वर्षीय रमेश बहादुर शाही र कालिकोटको खाँडाचक्र कै २८ वर्षीय कृष्ण बहादुर शाही रहेका छन् ।
अवैध रूपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न बोकी हिँडेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडाको गोकर्णेश्वर नगरपालिका– १ रुप्सेटारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट प्रहरीले भालुको पित्त जस्तो देखिने आखेटोपहार थान–२, तत्काल तौल गर्दा ५६८ ग्राम बरामद गरेका छ । उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धानका साथै कानूनी कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया