काठमाडौं – चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो तीन महिनामा सरकारले लक्ष्यको ७७.४६ प्रतिशत मात्रै राजस्व उठाउन सकेको छ । तीन खर्ब २१ अर्ब ४१ करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य लिइएकोमा २ खर्ब ९८ अर्ब ३ करोड मात्रै संकलन भएको छ । आयातमा सुधार आएको देखिए पनि आन्तरिक अर्थतन्त्रका गतिविधि चलायमान हुननसक्दा आयकर नै खस्किएको छ । यसले समग्र राजस्वमै असर पु¥याएको छ ।
असोज मसान्तसम्म ४७ अर्ब ८३ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएको छ । यो गत आर्थिक वर्षको ३९ अर्ब ९७ करोड रुपैयाँ भन्दा १९.६५ प्रतिशतले बढी हो । यो ४८ अर्ब ६५ करोड रुपैयाँको लक्ष्यको ९८.३ प्रतिशत बराबर हो । अन्तःशुल्क संकलन सरकारको लक्ष्य लगभग निकट मानिन्छ ।
निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठान र व्यक्तिको आम्दानी नै संकुचित हुँदा आयकरमा त्यसको असर देखा परेको हो । राष्ट्र बैंकद्वारा प्रकाशित दुई महिनाको वित्तीय विवरणले पनि बैंक तथा वित्तीय संस्थाको आम्दानी घटेको देखाएको छ । आयकरका मुल स्रोतमा संकुचन आउँदा आयकर संकलन घटेको हो ।
अर्थ मन्त्रालयका अनुसार असोजसम्ममा आयकर संकलन ९.०२ प्रतिशतले ह्रास आएको छ । गत आर्थिक वर्ष ०८१/८२ को असोजसम्ममा ५१ अर्ब ५५ करोडको आयकर संकलन भएकोमा चालु आवको सोही अवधिमा ४६ अर्ब ९० करोड मात्रै उठेको छ। सरकारले ७१ अर्ब २२ करोडको आयकर उठाउने लक्ष्य लिएकोमा ६५.८६ प्रतिशत मात्रै संकलन भएको हो।
नेपालमा पर्यटकीय गतिविधि तथा अन्य सेवासुविधामा लाग्ने गैरकर संकलन पनि खस्किएको छ । गैरकर राजस्व संकलनमा ४८.४८ प्रतिशतको गिरावट देखिन्छ । गत आवको पहिलो तीन महिनामा २८ अर्ब ५७ करोडको गैरकर उठेकोमा यसपाली १४ अर्ब ७२ करोडमा सीमित भएको छ । लक्ष्यको तुलनामा त झन ४१.४५ प्रतिशत मात्रै संकलन भएको छ ।
आयातमा आएको सुधारले भन्सारतर्फको राजस्वमा सुधार
असोज मसान्तसम्म ५६ अर्ब ८५ करोड रुपैयाँ भन्सार महसुल संकलन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उठेको ५१ अर्ब ९७ करोड रुपैयाँ भन्दा ९.३९ प्रतिशतले बढी हो । यद्यपि यो ७० अर्ब ६५ करोड रुपैयाँको लक्ष्यको ८०.४८ प्रतिशत मात्र हो।

वस्तु आयातमा केही सुधार आउँदा भन्सारतर्फको राजस्वमा सुधार आइरहेको देखिन्छ । मूल्य अभिवृद्धिकर (भ्याट) संक्लन ८१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ७५ अर्ब ८ करोड रुपैयाँ भन्दा ८.१८ प्रतिशत वृद्धि भएको छ । तर, ९४ अर्ब ११ करोड रुपैयाँको लक्ष्यको ८६.३१ प्रतिशत मात्र हो । बजारमा उपभोग र व्यापारिक लेनदेनमा सुधार आएकाले भ्याट संकलनमा वृद्धि भएको हो ।
असोज मसान्तसम्म ४७ अर्ब ८३ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएको छ । यो गत आर्थिक वर्षको ३९ अर्ब ९७ करोड रुपैयाँ भन्दा १९.६५ प्रतिशतले बढी हो । यो ४८ अर्ब ६५ करोड रुपैयाँको लक्ष्यको ९८.३ प्रतिशत बराबर हो । अन्तःशुल्क संकलन सरकारको लक्ष्य लगभग निकट मानिन्छ ।
असोज मसान्तसम्म ४७ अर्ब ८३ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएको छ । यो गत आर्थिक वर्षको ३९ अर्ब ९७ करोड रुपैयाँ भन्दा १९.६५ प्रतिशतले बढी हो । यो ४८ अर्ब ६५ करोड रुपैयाँको लक्ष्यको ९८.३ प्रतिशत बराबर हो । अन्तःशुल्क संकलन सरकारको लक्ष्य लगभग निकट मानिन्छ ।

About Us
प्रतिक्रिया