नक्कली पेस्तोल देखाई लुटपाट गर्ने व्यक्ति पक्राउ


काठमाडौं – नक्कली पेस्तोल देखाई लुटपाट गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका– २० भलाम बस्ने पर्वत मोदी गाउँपालिका– १ घर भएका २४ वर्षीय सुजन विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका– १२ शितलादेवी बस्ने पीडितलाई पेस्तोल देखाई लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई नक्कली पेस्तोल (खेलौना) १ थान सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।