काठमाडौं – प्रहरीले जुवातास खेलिरहेको अवस्थाका देशभरबाट २३ जनालाई पक्राउ गरेको छ । विभिन्न सूचनाका आधारमा प्रहरीले २३ जनालाई पक्राउ गरेको हो ।
भक्तपुरको नगरपालिका–२ दुधपाटीस्थित ४२ वर्षीय अनिल कोजुले संचालन गरेको दरबार स्केट हाउसमा जुवातास खेलिरहेको अवस्थामा अनिल समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ६ सय ७५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस्तै, ललितपुरको गोदावरी नगरपालिका–२ पात्लेछाप बस्ने ३६ वर्षीय रोशन तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा रोशन समेत ६ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ९ सय ६० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
साथै, सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइली बस्ने ५५ वर्षीय सशिधर जैसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सशिधर समेत ३ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ६० रुपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।
यस्तै, बाँकेको खजुरा गाउँपालिका– ४ डि गाउँस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका– ५ बस्ने ४० वर्षीय कृष्ण चौधरी समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया