बाँकेबाट १३ लाख बढी नगदसहित २० जना जुवाडे पक्राउ


काठमाडौं – बाँकेको नेपालगंज उपमहानगरपालिका–२ बाईपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका सञ्चालक सोही ठाउँ बस्ने २८ वर्षीय विज्ञान श्रेष्ठ समेत १४ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ लाख ६३ हजार ८ सय रुपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । 

त्यस्तै, दैलेखको नारायण नगरपालिका–१ दैलेख बजार डेरा गरी बस्ने नौमुले गाउँपालिका–८ चौराठा घर भएका ३६ वर्षीय टोप बहादुर राना मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा टोप बहादुर समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ८ सय ४० रुपैयाँ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।