काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रूपैयाँ बराबरको विद्युत् निर्यात भएको छ। देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको प्राधिकरणकले जनाएकाे छ ।
भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रूपैयाँ (भारू) मा र बंगलादेशसँग अमेरिकी डलरमा हुने गरेको छ।
त्यसैले विद्युत् बिक्रीबाट सरकारलाई भारू र डलर आम्दानी भइरहेको छ। प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ।






About Us
प्रतिक्रिया