काठमाडौं – असोज १७ र १८ गते परेको लगातारको अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार नदी कटान, डुबान र बाढीका कारण करिब १५०० मिटर तटबन्ध कटान भई १० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आङ्कलन गरिएको छ।
कन्काई, मेची, कमला, केशलिया, लालबकैया र रातो नदीमा आएको बाढीले तटबन्ध कटान गर्नुका साथै सयौँ घर डुबानमा परेका छन्। झापाको गौरीगञ्जमा ११४ घर र ५०० हेक्टर धान खेत डुबानमा परेको छ भने महोत्तरीमा मात्र ८९० मिटर तटबन्ध कटान भई ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
सुनकोशी मरिन डाइभर्सनको निर्माणाधीन बाँध डुबानमा परेपछि त्यसको अवस्था अझै यकिन हुन सकेको छैन। पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ लगायतका स्थानमा पहिरोका घटनाहरू भए पनि विस्तृत विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।



About Us
प्रतिक्रिया