जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचना बनाउन ‘पुनर्निर्माण कोष’ स्थापना, राष्ट्रिय वाणिज्य बैंककाे खातामा रकम जम्मा गर्न सकिने


काठमाडौं – सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ । असोज ५ गतेकाे मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोष खडा गरी योगदान गर्न सबैलाई आह्वान गरिएको अर्थ मन्त्रालयले जनाएकाे छ । अर्थ मन्त्रालयले ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश २०८२’ जारी गरेको थियो ।

मन्त्रालयका अनुसार जेन जी आन्दोलन क्रममा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरिएकाे हाे ।

कोषमा योगदान गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिकसँग आह्वान गरिएको छ । साथै, गैरआवासीय नेपाली, मित्र राष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समेत सहयोगका लागि आह्वान गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को खाता नं १९६०१००१०२०७०००४ मा रकम जम्मा गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ । साथै, मन्त्रालयले क्यूआर कोडसमेत सार्वजनिक गरेको छ ।