काठमाडौं – घरजग्गा कारोबार सुस्त बन्दै गइरहेको छ । भदौ महिनामा देशभरका मालपोत कार्यालयहरूले २७ हजार चार सय ९४ वटा लिखत पारित गरेका छन् । जबकी साउनमा ३१ हजार ६ सय २१ लिखत पारित भएका थिए ।
गत वर्ष भदौको तुलनामा पनि यसपालिको कारोबार संख्या कम हो। गत वर्ष भदौमा ३२ हजार ७९८ लिखित पारित भएको थियो । मालपोत कार्यालयहरूबाट ३३ हजार ३८३ नामसारी सेवा प्रदान गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। यसैगरी ७ हजार ३ सय ६० संशोधन, २ हजार ३ सय ६ हालरसाविक र फुकुवा २३ हजार ८९२ प्रक्रियामा छ ।
त्यस्तै, जग्गा दर्ता २८८, दाखिल खारेज १,५६१, मोही हक कायम १, मोहीयानी हक नामसारी ७५, मोही लगत कट्टा ३१२, जग्गा बाँडफाँड १२१, र प्रतिलिपि प्रक्रिया २,३५४ पुगेका छन्।
गुठीसम्बन्धी सेवाको संख्या भने कम देखिन्छ। गुठी अधीनस्थ जग्गाको लिखत पारित १०४, नामसारी ३०, दाखिल खारेज ७, र गुठी जग्गा तथा सम्पदा २७१ मात्र पुगेका छन्। यस्तै, अपार्टमेन्टको लिखत पारित ३८, गैर घररजग्गा सम्बन्धी लिखत पारित २७१, स्रेस्ता एकीकरण ०, र आयोजना फिर्ताको लिखत २१ सेवा सम्पन्न भएका छन्।



About Us
प्रतिक्रिया