काठमाडौं – नेपालको आर्थिक विकासमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)प्रवाहमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदन वर्ष २०२३।२४ ले कुल एफडीआई प्रवाह ६.२ प्रतिशतले बढेर ८ अर्ब ५० करोड पुगेको देखाएकाे हाे ।
साे समयमा कुल एफडीआई शेयर १२.७ प्रतिशतले बढेर ३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। प्रतिवेदन ८६७ सक्रिय एफडीआई अनुमोदित फर्ममध्ये ५०४ वटाको नमुनाबाट लिइएका २४३ उद्यमको प्रतिक्रियामा आधारित छ।
प्रतिवेदनअनुसार चुक्तापुँजी एफडीआई शेयरको सबैभन्दा ठूलो अंश बनेको छ। त्यसपछि जगेडा र ऋण रहेका छन्। साे अवधिमा नेपालले ६० वटा अर्थतन्त्रबाट लगानी प्राप्त गरेको छ। जसमध्ये भारत, चीन, सिंगापुर, आयरल्यान्ड र दक्षिण कोरिया शीर्ष ५ स्रोत हुन्।



About Us
प्रतिक्रिया