काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका– १४ बस्ने प्युठान नौबहिनी गाउँपालिका– १ घर भएका ३४ वर्षीय विशाल बुढा मगर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका– ९ बस्ने झापा बुद्ध शान्ति गाउँपालिका– २ घर भएका ३० वर्षीय निकेश ढुङ्गाना र ललितपुर महालक्ष्मी नगरपालिका– ३ बस्ने महोत्तरी गौशाला नगरपालिका– ९ घर भएका ४४ वर्षीय योगेन्द्र सिंह दनुवार रहेका छन् ।
पक्राउमध्ये विशालले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ३० हजार रुपैयाँ, निकेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख रुपैयाँ र योगेन्द्रले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ३४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विशाललाई काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ बाट बिहीबार, निकेशलाई ललितपुर, ललितपुर महानगरपालिका–१५ बाट र योगेन्द्रलाई काठमाडौं महानगरपालिका–१२ बाट शुक्रवार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया