एचएण्डबी डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा १२ करोड जरिवाना तोकिएका दुई जना पक्राउ


काठमाडौं – एचएण्डबी डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा सजाय तोकिएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानरपालिका–१४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुरको सूर्य विनायक नगरपालिका–५ का ५० वर्षीय अरविन्द्र श्रेष्ठ छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको विशेष प्रहरीको टोलीले उनीहरू तीन हप्ता अघि पक्राउ गरेकाे प्रवक्ता युवराज खड्काले बताए । प्रवक्ता खड्काका अनुसार प्रधानलाई ९ करोड २१ लाख ५० हजार जरिवाना र ७ वर्ष कैद र श्रेष्ठलाई २ करोड ५० लाख जरिवाना र ३ वर्ष कैदको फैसला भएको थियो ।

यस बैंकको घोटाला प्रकरण २०६९ सालमा  बाहिर आएको थियो । त्यसपछि विशेष छानबिन समिति बनाएर छानबिन गरिएको थियो ।