काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस रकम लिएको अभियोगमा नापी कार्यालय कलङ्की,– १३ मा रहेका नापी टोली, पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी (करार) एकेन्द्र बहादुर कुँवर पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले कुँवरलाई सेवाग्राहीसँग तेह्र हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
उनले चन्द्रागिरि नगरपालिका–१३ (साविक पुरानो नैकाप–८ख) स्थित जग्गा हालसाविक गरी नयाँ जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै रकम असुल गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर जरिवाना र कैद सजायको मागसहित आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।





About Us
प्रतिक्रिया