सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका ३५ वर्षीय  सरोज सुवाल र  रौतहटका २७ वर्षीय सिर्जना कार्की रहेका छन् । 

पक्राउ पर्ने मध्ये सुवालले १ जनालाई सर्विया पठाइदिन्छु भन्दै ३ लाख र कार्कीले १ जनालाई रोमानिया पठाइदिन्छु भन्दै ४ लाख ठगी गरेको प्रहरीले बताएको छ । 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।