काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलान्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई २ लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
काभ्रेपलान्चोकका दोलालघाट गाविस– ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार सेवाग्राहीसँग दुई लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । २ लाख रकम र मोबाइल डिभाइस १ थानसहित मालपोत कार्यालय, धुलिखेल काभ्रेपलान्चोकको कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।





About Us
प्रतिक्रिया