सर्विया र रसिया पठाइदिन्छु भन्दै ५० लाख ठगी गर्ने दुई जना प्रहरीको फन्दामा 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा घर भई  ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने गरेका २६ वर्षीय कार्तिक कुमार चौधरी र  इलाम घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय  मनोज दाहाल रहेका छन् । 

पक्राउ पर्ने मध्यमा चौधरीले १६ जनालाई सर्विया पठाइदिन्छु भन्दै ४२ लाख र दाहालले १ जनालाई रसिया पठाइदिन्छु भन्दै ८ लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।