काठमाडौं – लोकसेवा आयोग, सुर्खेत कार्यालयमा सञ्चालित सञ्चार–इन्जिनियर प्राविधिक प्रहरी जवान लिखित परीक्षामा नक्कली परीक्षार्थीको संलग्नता फेला परेपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। परीक्षाको क्रममा शङ्का लागेपछि खोजतलास गर्दा उमेर र परिचय बदली अन्य व्यक्तिहरूको नाममा परीक्षा दिन आएको खुलेसँगै उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका–१२ का धर्मराज चनराको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपालिका–७ सामाकोट निवासी २५ वर्षीय श्याम संकर सिंह र दैलेख भगवतीमाई गाउँपालिका–५ का सुशिल शाहीको सट्टामा परीक्षा दिन आएका वडा नं. ७ बसोबास गर्ने २० वर्षीय भरत तिरुवा रहेका छन्।
नागरिकता र प्रवेश पत्रमा फोटो बदली, हस्ताक्षर मिलाई परीक्षामा सहभागी भएको अवस्थामा फेला परेका उनीहरूलाई लिखत किर्तेसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस घटनापछि परीक्षामा सुरक्षात्मक सतर्कता थप कडा पारिएको र अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया