काठमाडौं – कोरिया पठाइदिन्छु भन्दै १ करोड ८ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिरिजङ्घा घर भई हाल काठमाडौंको नक्साल बस्ने गरेका ३८ वर्षीय साहारा सुब्बा (थेवे) रहेका छन् ।
उनले हाल सम्ममा ९ जना पीडितहरूलाई कोरिया पठाइदिन्छु भन्दै १ करोड ८ लाख ठगी खुल्न आएको छ । वैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दामा वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंबाट उनलाई पक्राउ गरी उपस्थित गराई दिने भन्ने ब्यहोरा अनुसार सुब्बालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ ।
ललितपुरको हरिसिद्धिबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया