काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोल्पाको घर भई काठमाडौं महानगरपालिका– १६ बस्ने ४२ वर्षीय लुङ बहादुर महरा रहेका छन् । उनले एक जनालाई वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भनी ठगी गरेको प्रहरीले जनाएको छ।
उनलाई काठमाडौंबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया