बीमा क्षेत्रमा मेरो पालामा नयाँ लाइसेन्स दिन्नः अध्यक्ष सिलवाल

बीमा क्षेत्रमा मेरो पालामा नयाँ लाइसेन्स दिन्नः अध्यक्ष सिलवाल


बैंकिङ समाचार,काठमाडौं । 
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आफ्नो कार्यकालमा बीमा क्षेत्रमा नयाँ लाइसेन्स नदिने र हालका बीमा कम्पनीहरुकै कारण थप लघुबीमा कम्पनीका लाइसेन्स बाँड्नु परेको बताएका छन् । 

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बताएका हुन्  । 

उनले भने, ‘अब बीमा क्षेत्रमा मेरो पालामा नयाँ लाइसेन्स दिन्न । अव आउने नेतृत्वले पनि बजार अध्यायन गरेर मात्र लाइसेन्स दिनुपर्छ । अहिलेकै बीमा कम्पनीहरुलाई लघुबीमाको काम गर्न भन्दा कूल लघुबीमाको क्षेत्रको २ प्रतिशत पनि काम हुन सकेन । यसैले लघुबीमा हेर्ने छुट्टै बीमा कम्पनी ल्याउनु परेको हो’ 

अध्यक्ष शिलवालले लघु बीमाको आवश्यकता महशुस गरेर लाइसेन्स दिइएको बताए । अझै दुर दराजमा स–साना चिजको बीमा हुन नसकेकाले लघुबीमाको लाइसेन्स वितरण गरिएको शिलवालले बताए ।

बीमा कम्पनीहरुको मर्जर अहिलेकै पुँजी र कार्य क्षमताले थप पहुँच विस्तार र जोखिम धान्न नसक्ने देखेपछि प्राधिकरणले पुँजी वृद्धिको रणनीति लिएको अध्यक्ष सिलवालले बताए ।
चालू आर्थिक वर्षको जेठसम्ममा १९ वटा बीमा कम्पनीहरु मर्जरमा गइसकेको पनि उनले बताएका छन्  ।