आज सेयर बजार नेप्से बन्द 

 आज सेयर बजार नेप्से बन्द 


बैंकिङ्ग समाचार,काठमाडौं ।

सेयर बजार सोमबार बन्द हुने भएको छ । आज जेठ १५ गते अर्थात गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले नेप्से बन्द हुन लागेको हो ।

अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १७.३५ अंकले घटेर १९४१.७७ विन्दुमा अडिएको  थियो ।