नेपालको आर्थिक वृद्धिदर २.१६% सिमित हुने सरकारको प्रक्षेपण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 
विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ।
 
आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले, आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने अनुमान सुनाएका हुन् । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै उनले मागमा आएको कमीले स्रोत व्यवस्थापनमा पनि दबाब सिर्जना भएको बताए ।