विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै  ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने  काभ्रेपलान्चोकको महाभारत गाउँपालिका– घर काठमाडौंको नागार्जुन नगरपालिका– ४ बस्ने ५५ वर्षीय रवि बोम्जन र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका– ३ घर भई  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८ बस्ने  ४८ वर्षीय  फुलमाया खत्री रहेका छन् ।

पक्राउ पर्नेहरूमा खत्रीले  अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै ११ जनासँगबाट ५१ लाख ठगेको प्रहरीले जनाएको छ । उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।