द नेशनल बैंकिङ्ग डिस्कोर्सको पूर्व सन्ध्यामा गरियो अन्तरक्रिया 

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 
बैंकिङ्ग समाचारले आयोजना गर्ने ‘द नेशनल बैंकिङ्ग डिस्कोर्स’ को कार्यक्रमको पूर्व सन्ध्यामा विशेष अन्तरक्रिया कार्यक्रम काठमाडौंको होटल याक एण्ड यतीमा सम्पन्न भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको विशेष नेतृत्वमा सम्पन्न उक्त अन्तरक्रियामा जेठ २ गते आयोजना गर्ने डिस्कोर्स कार्यक्रमा गरिने मुख्य ४ वटा सत्रहरुमा गरिने बहसको विषयहरु र यसले भवितव्यमा पार्ने प्रभावको बारेमा गहन छलफल गरिएको थियो ।
\"\"
डेपुटी गभर्नर मिश्रले बैंकिङ्ग समाचारले यस्तो डिस्कोर्स कार्यक्रम आयोजना गर्न लागेकोमा आफु उत्साहित भएको जानकारी दिए । उनले कार्यक्रममा हुने ४ वटै प्रमुख सत्रहरुको बारेमा विशेष व्यख्या पनि गरे । दिगो बैंकिङ्गको अवधारणाले मुलुकको भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्ने बताउँदै उनले भने, ‘बैंकिङ्ग समाचारले वित्तीय साक्षरता, आगामी बजेटको भुमिका, डिजिटल इकोसिस्टम र वित्तीयल साक्षरता जस्ता महत्वपुर्ण विषयहरु उठान गर्न खोजेको छ । यो आफैमा महत्वपूर्ण र नयाँ मार्गदिशा तय गर्ने खालको छ । म अत्यन्तै उत्साहि छु ।’ 

यस्तै अन्तरक्रियामा उपस्थित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवंम भुक्तानी प्रणाली विभागका प्रमुख गुरु प्रसाद पौडेलले डिजिटल इकोसिस्टमको नेपालको हालको स्थिती अत्यन्तै चिन्ताजनक भएको र सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘डिजिटलाइजेशन भनेको भुक्तानी मात्रै नभई समग्र क्षेत्रको डिजिटलाइजेशन भन्ने बुझिन्छ । राष्ट्र बैंकले पनि वित्तीय डिजिटल इकोसिस्टम निर्माणमा अत्यन्तै ध्यान दिएको छ । बैंकिङ्ग डिस्कोर्समा रहेको डिजिटलाईजेशनको सत्रमा डिजिटल पेमेन्टका मात्रै विषयहरु नभई समग्र इकोसिस्टमको बारेमा बहस गर्नुपर्छ । म उत्साहित छु ।’
\"\"
यस्तै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले रेमिटेन्सले धानेको अर्थतन्त्रमा हामी कहिलेसम्म खुशी हुने हो ? भन्दै प्रश्नै गरे । उनले भने, ‘हामी अहिले रेमिट्यान्स आयो भन्दै मख्ख परेका छौँ । अब कहिलेसम्म मख्ख पर्ने हो थाहा छैन ।’

यस्तै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त अन्तरक्रियामा बोल्दै डिजिटलाइजेशनमा क्रिप्टोकरेन्शी र डिजिटल फ्रडका विषयहरुमा बहस गर्दा फाइदा हुने सल्लाह दिए । उनले भने, ‘हुण्डी कारोबार बढेको छ । यदी रेमिटेन्सलाई डिजिटल प्रणालीबाट मुलुकमा भित्र्याउने र सरकारी संयन्त्रहरु सबै डिजिटलाइजेसन हुने हो भने भ्रष्टाचार नै कम भएर जान्छ । यो आजको दिनमा अत्यन्तै महत्वपूर्ण छ ।यसको विषयमा बहस गर्न जरुरी देखिन्छ ।’ 
\"\"
अन्तरक्रियामा आयोजक टिम, माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  विश्वम्भर न्यौपाने, फोन–पे का प्रमुख कार्यकारी अधिकृत विश्वास सापकोटा, मोडेरेटरको भुमिकामा रहेने कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिल भुषण पाठक, आइएमई ग्रुपका बरिष्ठ उपाध्यक्ष सुमन पोखरेलस, श्री पाण्डे लगायतको उपस्थिती रहेको थियो । 

‘द नेशनल बैंकिङ्ग डिस्कोर्स' कार्यक्रम भोलि मंगलबार सोल्टी होटल काठमाडौंमा आयोजना हुने बताइएको छ । 

\"\"