न्यूरोडको विश्वास सहकारीको करिब पाँच करोड हिनामिना, सबै पदाधिकारीहरु फरार


काठमाडौं – बचतकर्ताहरूको करिब पाँच करोड रुपैयाँ हिनामिना गरेर काठमाडौं महानगरपालिका–१० न्यूरोडमा रहेको एक सहकारीका सञ्चालक समितिका सबै पदाधिकारीहरु फरार भएका छन् । न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु फरार भएका हुन्।

फरार हुनेहरुमा सहकारीका अध्यक्ष ४३ वर्षीय दमन्ता घिमिरे, सचिव ३८ वर्षीय अमृत कटुवाल, सहसचिव २५ वर्षीय गोपाल अधिकारी, कोषाध्यक्ष ४४ वर्षीया भारती न्यौपाने गौतम, सदस्य २९ वर्षीया अनिता थापा र सदस्य ३८ वर्षीय रोहित खड्का छन् ।

लामो समयसम्म फरार भएपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।