काठमाडौं – राजावादीले १५ चैतमा काठमाडौं तीनकुनेमा गराएको घटनाका कमान्डर एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । तीनकुने घटनासँगै पछि बैंकिङ्ग कसुरको मुद्दा पनि खेपेका उनलाई सोमबार एकैदिन पाटन उच्च अदालतको छुट्टाछुट्टै इजलासले धरौटीमा छाड्न आदेश दिएपछि २८ लाख बुझाएर रिहा भएका हुन् ।
सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ्ग कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
त्यस्तै, सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा दायर गरिएको बैंकिङ्ग कसुर मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंसँग २५ लाख धरौटी माग गरेका हुन् । प्रसाईं ११९ दिनमा जेलमुक्त भएका हुन् ।





About Us
प्रतिक्रिया