दश अर्बको ट्रेजरी नवीकरण गर्दै सरकार


काठमाडौं – सरकारले  १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । मंगलबार (भोलि) यसअघि नै जारी भएका २८ दिने र १८२ दिने गरी दुई किसिमको ट्रेजरी नवीकरण गर्ने भएको हो । 

सरकारले यी दुई ट्रेजरी नवीकरणमार्फत सरकारले कूल १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।  आइतबार एक सूचना जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी नवीकरणका लागि आह्वान गरेको हाे । 

ट्रेजरीको नवीकरण भने भाेलि हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले सोमबार बिहान १० बजेदेखि ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।