कामना सेवा विकास बैंकको सीईओमा दिनेश थकालीको इन्ट्री,  बैंकिङ्ग क्षेत्रमा २२ वर्षको अनुभव 

25.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली नियुक्त भएका छन । प्रभु बैंकको चिफ बिजनेश अफिसर रहेका थकाली कामना सेवा विकास बैंकको सीईओ बनेका हुन । बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्ष अनुभव बटुलेका उनी एक कुशल बैंकरको रुपमा परिचित छन । 

हाल प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृतको रुपमा रहेका थकालीले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा रहेर काम गरेका थिए । 

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका थकाली प्रभु बैंक आउनुपूर्व सांग्रिला डेभलेपमेन्ट बैंकको कामु सीईओ थिए । अब भने उनी कामना सेवा विकास बैंकको सीईओ बन्ने भएका हुन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिला डेभलेपमेन्ट बैंकबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैंकिङ्ग करियर सुरु गरेका थिए ।

हाल कामना सेवा विकास बैंकमा विनय दाहाल कामु सीईओ छन् ।