काठमाडौं – काठमाडौंको ठमेलबाट सुन र नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीन घर भएका सुमेई चोउ र चुनलिन थान रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरूको साथबाट २ केजी सुन र २४ लाखसहित पक्राउ गरिएको कार्यालयका प्रवक्ता काजी कुमार आचार्यले बैंकिङ्ग समाचारलाई बताए ।
थप विवरणका लागि अनुसन्धान हुँदै गरेको उनी बताउँछन् । उनका अनुसार पक्राउ परेको दुवै जनालाई नेपाली बोल्न आउँदैन। उनीहरूलाई आवश्यक थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइने तयारी भइरहेको उनले बताए ।






About Us
प्रतिक्रिया