काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार एक प्रतिवादी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको ऐसलुखर्क गाउँपालिका– ५ घर भएका काठमाडौं महानगरपालिका– २९ बस्ने ४९ वर्षीय वृहस्पति राई रहेका छन् ।
उनीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ्ग कसुर मुद्दामा २०७९ असार २८ गते २० लाख जरिवाना, ४ दिन कैद र क्षतिपूर्ति बापत शुल्क ८० हजार पीडित राहत कोषमा बुझाउनु पर्ने घोषणा गरेको थियो ।
उनलाई काठमाडौं महानगरपालिका– ३१ शंखमुलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया