मुलुकको अर्थतन्त्रमा गम्भीर संकट छैन : गृहमन्त्री श्रेष्ठ

मुलुकको अर्थतन्त्रमा गम्भीर संकट छैन : गृहमन्त्री श्रेष्ठ


बैंकिङ समाचार,काठमाडौं ।

 उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका हुन् । 

उनले सरकारले तत्कालीन समस्या समाधानका उपायहरू खोज्नसक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताए । सरकार अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित छ उनले भने ।

गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताए । अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको उनको भनाइ छ ।