काठमाडौं – बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि (साउन ६ गते) आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले १०० रुपैयाँ अकिंत मूल्यका दरले जम्मा ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । जसमा ५ लाख ६६ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता निष्कासन गर्न लागेको हो।
आयोजना प्रभावित स्थानियलाई छुट्याइएको आईपीओमा तनहुँको बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नम्बर १ तथा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
उक्त, आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने अन्तिम मिति साउन ९ गतेसम्म र आयोजना प्रभावितले साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् भने त्यस अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ ४ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आयोजना प्रभावितले बिक्री प्रबन्धकका साथै कम्पनीको वेबसाइट, बन्दीपुरमा रहेको कम्पनीको कार्यालयको तल्लो स्टेशन, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका वडा नम्बर १ र पालुङटार नगरपालिकाको वडा नम्बर ७ को कार्यालयमा आईपीओ फाराम प्राप्त गर्न सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेकाले नेपाल धितोपत्र बोर्डको सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर अनलाई एपबाट पनि आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया