चाबहिल नापी कार्यालयका तत्कालीन प्रमुख अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चाबहिल नापी कार्यालयका तत्कालीन प्रमुख अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


बैंकिङ समाचार,काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  

जग्गाको नक्सा आफूखुशी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको भन्दै नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित ८ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

मुद्दामा प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत शंकर पाण्डेय, सर्वेक्षक रामनारायण यादव, मालपोत कार्यालय, चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले, नायब सुब्बा उत्तम कुँवरसहित कागेश्वरी मनोहरा नगरपालिका–९ का सीताराम अधिकारी र काठमाण्डौ महानगरपालिका–९ का नवीन दाहालविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसुरदारलाई हुने सजायसरह सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता दाहालले बताएका छन् ।