फर्ष्ट माइक्रोफाइनान्सले ९ महीनामा कमायो १९ करोड ४५ लाखभन्दा बढी नाफा  

फर्ष्ट माइक्रोफाइनान्सले ९ महीनामा कमायो १९ करोड ४५ लाखभन्दा बढी नाफा  


बैंकिङ्ग समाचार, काठमाडौं ।

फर्ष्ट माइक्रोफाइनान्स  लघु वित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९९ महीनामा १९ करोड ४५ लाख रुपैयाँ भन्दा बढी खुद नाफा  गरेको छ ।गत असार मसान्तसम्मको तुलनामा कम्पनीले १७ दशमलव १२ प्रतिशत बढी खुद नाफा गरेको हो । गत असार मसान्तसम्म कम्पनीले रू। १६ करोड ६१ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

सञ्चालन नाफा भने कम्पनीको गत असार मसान्तसम्मको तुलनामा १० दशमलव ६८ प्रतिशत बढी भएको छ । गत असार मसान्तसम्म २५ करोड ११ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले तेस्रो त्रैमाससम्म भने २७ करोड ७९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको हो । गत असार मसान्तसम्म १३ करोड ९३ लाखभन्दा बढी रहेको वितरणयोग्य नाफा तेस्रो त्रैमाससम्म भने १६ करोड ६८ लाखभन्दा बढी पुगेको छ । तेस्रो त्रैमाससम्म इम्पेरमेन्ट चार्ज शीर्षकमा  १ करोड ५८ लाखभन्दा बढी व्यवस्था गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रहेको छ । १९ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पूँजी बढाएको हो । गत असार मसान्तसम्म कम्पनीको चुक्तापूँजी ९६ करोड ४४ लाख ९२ हजार रहेको थियो । 

रिटेन्ड अर्निङ १६ करोड ६८ लाखभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम  २६ करोड ६२ लाखभन्दा बढी रहेको छ । रिटेन्ड अर्निङ २४ दशमलव १६ प्रतिशत घटेको कम्पनीको जगेडा कोष रकम भने २५ दशमलव ६५ प्रतिशत बढेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म ८ अर्ब ९२ करोड २९ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा शून्य दशमलव ४७ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर आम्दानी २२ दशमलव ६० र प्रतिशेयर नेटवर्थ १३७ दशमलव ७३ छ ।