काठमाडौं– नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सङ्घीय सञ्चित कोषको अवस्था गत आर्थिक वर्षको तुलनामा कमजोर भएको छ।
२०८१ सालको सुरुमा २ खर्ब २४ अर्ब ९९ करोड सञ्चित कोष घाटामा रहेकोमा एक वर्षमा २० अर्ब रुपैयाँ कम भएको छ । चालू आर्थिक वर्षमा २ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ घाटामा रहेको छ ।
सञ्चित कोषमा जम्मा हुने राजस्व, अनुदान र वित्तीय व्यवस्थाबाट प्राप्त रकमका आधारमा सरकारको ट्रेजरी पोजिसन २०८१ सालको सुरुमा करिब २ खर्ब २४ अर्ब ९९ करोड रुपैयाँ घाटामा रहेको थियो।
एक वर्षमा करिब २० अर्ब रुपैयाँले घाटा बढ्दै चालू आर्थिक वर्षमा यो घाटा २ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।




About Us
प्रतिक्रिया