एक वर्षमा ६५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता


काठमाडौं – गत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । विदेशी लगानीकर्ताहरुले गत आवको साउनदेखि चालु असारसम्म ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् ।

उद्योग विभागकाे तथ्यांकअनुसार स्वीकृति प्रणालीबाट ६० अर्ब ३५ करोड तथा स्वचालित प्रणालीबाट ४ अर्ब ६१ करोड गरी कुल ६४ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् । ८४० उद्योगका लागि सो लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

विभागका अनुसार प्रमाणीकरण प्रणालीबाट एक वर्षमा ३८९ उद्योगका लागि ६० अर्ब ३५ करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट ४५१ उद्योगका लागि ४ अर्ब ६ करोड १२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।