समस्यै समस्याका बावजुद विदेशिदै महिलाः ८ महिनामै १ लाख ४९ हजार बढि बाहिरिए 

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भावना अवस्थी, काठमाडौं । 
वैदेशिक रोजगारमा जाने पुरुषसँगै महिलाको संख्या पनि बढ्दै गएको छ । सामान्य लेखपढ गरेका महिलाका लागि पनि वैदेशिक रोजगार आकर्षक गन्तव्य बन्न थालेको छ ।

विश्व बजारीकरण, बदलिँदो सामाजिक परिवेश र आर्थिक सन्तुलनका लागि महिला विदेशिने परम्परा आवश्यकता र बाध्यताका रूपमा बढिरहेको छ । परिवारको आर्थिक बोझ कम गर्न र एउटा गुुणस्तरीय जीवनयापनका लागि खाडी मुलुकलगायत अन्तर्राष्ट्रिय श्रम बजार महिलाहरूका लागि अहिले आकर्षण बनेको छ, र बाध्यता पनि । 

वैदेशिक रोजगार विभागका अनुसार, आर्थिक वर्ष २०७८/७९मा देशभरिबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या १ लाख ४९ हजार बढि रहेको छ । 

आर्थिक वर्ष ०७७/७८ मा ७ हजार १ सय ७८ महिला कामदारले नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष ०७६/७७ मा १८ हजार २ सय २ नेपाली महिला कामदारले नयाँ श्रम स्वीकृति लिएर रोजगारीमा गएको तंथ्याकमा देखिन्छ ।

\"\"

वैदेशीक रोजगार विभागका अनुसार वैदेशिक रोजगारमा जाने प्रायः महिलाको रोजाइ नेपाली महिला कामदार रोजगारीमा जाने प्रमुख मुलुक युएई, कतार, जोर्डन, साइप्रस, कुवेत, माल्टा, टर्की, बहराइन र ओमान रहेका छन् । 
यो पनि 

नेपालबाट रोजगारका लागि भन्दै विदेशिनेहरु अधिकांशले खाडी मुलुकलाई गन्तव्य बनाउने गरेका छन् । शहरको तुलनामा ग्रामीण भेगबाट खाडी मुलुकमा जानेहरुको संख्या बढ्दो छ । रोजगारका लागि जाने महिला पनि खाडी मुलुकलाई नै आफ्नो गन्तव्य बनाउने गरेका छन् ।

गैरकानुनी माध्यमले निम्त्याएका समस्या

पर्याप्त जानकारीबिना गैरकानुनी माध्यमबाट वैदेशिक रोजगारीका लागि बाहिरिने महिलाहरु श्रमशोषण, यौनशोषण तथा बेचबिखनमा समेत पर्ने गरेका छन् । अवैध बाटो हुँदै एजेन्टमार्फत जाँदा याआर्थिक ठगिमा पर्ने गरेको पनि पाइन्छ । 

तुलनात्मक रुपमा हेर्दा पुरुषको तुलनामा वैदेशिक रोजगारमा जाने महिलाको संख्या कम भएपनि जोखिममा पर्नेमा महिला बढि छन् । थोरै रकममा विदेश पठाइदिने प्रलोभनमा परेर धेरै महिला ठगिने र अलपत्र समेत पर्ने गरेका छन् ।  कतिपय अवस्थामा त प्रेम र विवाहको समेत आशा देखाएर महिला माथि शोषण गर्ने गरेको पाइन्छ । 

यो पनि 

 

हातमा सीप नभई जानेहरु बढी जोखिममा पर्ने गरेका छन् । हतार गरेर जस्तो काम भएपनि गर्न सकिहालिन्छ नि भनेर जाँदा जोखिमस्थलमा खट्नुपर्छ ।  रोजगारमा जानेहरु पूर्णरूपमा सुरक्षित छैनन् । 

वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सले देशको अर्थतन्त्रमा केही राहत थपेको देखिएपनि त्यहाँ भएको कठिनाइ हटाउन भने सरकार जीम्मेवार देखिदैन । वैदेशिक रोजगारमा विशेषगरी घरेलु कामदारका रूपमा जाने महिला अनेकन समस्याबाट पीडित छन् । 
\"\"

वैदेशिक रोजगारमा जाँदा सूचना तथा जानकारी लिएर र अभिमूखिकरण तालिम लिएर जानुपर्ने कानूनी व्यवस्था छ । विभागका अनुसार ४८ प्रतिशत महिला मात्रै सीप सिकेर वैदेशिक रोजगारीमा गएका छन् ।

विभागको तथ्यांकअनुसार, श्रम स्वीकृति लिनेमध्ये ४३ प्रतिशत कुनै पनि सीप नभएका छन्  । त्यस्तो वृद्धिको कारणबारे सामाजिक र आर्थिक कारणसँगै आत्मनिर्भर हुनुपर्छ भन्ने चेतना बढेको अर्थविद् रघुविर बिष्टले बताएका छन् । 

‘एउटा कारण महिला आत्मनिर्भर हुनुपर्छ भन्ने चेतना बढेको र देशमा रोजगारी नभकोले पनि हुन सक्छ । अर्को बाहिरको मुलुकहरुले कामका लागी महिलाको संख्या बढी माग गरेको कारण पनि महिलाहरुलाई वैदेशिक रोजगारीमा जान उकासेको हुनसक्छ ।’ त्यस्तै उनले विदेशिएका महिलाहरुले बाहिरको खराब आचरणले गर्दा विभिन्न किसिमका हिंसा सहनुपर्ने गरेको बताएका छन् । 

गरिबी, परिवार पाल्ने जिम्मेवारी र बेरोजगारीको समस्याले गर्दा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दै गइरहेको वैदेशिक रोजगार विभागका प्रवक्ता डण्डुराज घिमिरेले बताएका छन् । 
रोजगारीका नाममा भइरहेको मानव तस्करीमा परेका महिला प्रायः यौन हिंसा र आर्थिक शोषणमा पर्ने गरेको उनले बताएका छन् । 
यो पनि 

‘वैदेशिक रोजगारीका नाममा मावन बेचबिखन तथा ओसारपसार बढ्दै गइरहेको छ । यो बिषयमा हामीले गर्नुपर्ने काम हामीले सम्भव भएसम्म गरिरहेका छौं । यस्ता घटना रोक्न सरकारले देशमै रजगारीको सिर्जना गनुपर्छ ।’ ‘परिवारको आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन, मंहगी त्यस्तै छ । यस्ता बिषयले नै वैदेशिक रोजगारी जाने क्रम बढिरहेको हो । अझ यसमा सरकारले त घरेलु कामदारको रुपमा महिलालाई पठाउने गरेको छैन तर गैरकानुनी बाटो हुँदै जाँदा पनि महिलाहरु अझ समस्यामा पर्ने गरेको देख्न सकिन्छ ।’ 

निजी संस्थामा काम गर्दा तलब, सेवा सुविधा निकै कम हुन्छ । सरकारी जागिर खानको लागि उच्च शिक्षा चाहिन्छ । जसले गर्दा सामान्य लेखपढ गरेका महिला वैदेशिक रोजगारीमा जान थालेको उनले बताए । तर, सीपबिना नै बैदेशिक रोजगारी जाने गरेकाले समस्यामा पर्ने गरेको पाइएको घिमिरेले बताएका छन् ।